बाबुराम भट्टराई
उपाध्यक्ष, एकीकृत माओवादी
यति ठूलो विवादबीच किन गणराज्य घोषणा गर्न लाग्नुभएको ?
राजनीतिक र सांकेतिक रूपमा गणराज्य घोषणा गर्नु विवादको विषय होइन । यसमा राज्य पुनर्सर्ंरचनको खाका नै तय गर्न नसकेको कांग्रेसका नेताहरूले आपत्ति जनाउनुको तुक छैन । यसबारेमा सरकारले अनावश्यक आशंका गर्नुको कारण पनि छैन ।
यो समानान्तर सरकारजस्तो देखिन्छ नि त ?
पार्टीका १३ वटा राज्य समितिका नाम त हामीले धेरै पहिले गरेका हौं नि । यो ती राज्यअन्तर्गत राज्यको पुनर्संरचनाको लागि दबाब दिन गरिएको भव्य कार्यक्रम हो । यसमा समानान्तरको कुरै होइन, संघीय गणराज्यको दबाबमात्र हो । अन्तरिम संविधानभित्रै पर्ने कार्यक्रम हो यो ।
उसो भए राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्तर्राष्ट्रिय निकायले किन गम्भीर चासो लिएका होलान् त ?
यो राष्ट्रपतिले चासो लिने विषय नै होइन । संघीयताको विरुद्धमा षडयन्त्र भइरहेको बेला जनमत तयार पार्न गणराज्य घोषणा गर्न लागिएको हो । प्रतिपक्षी पार्टीले गर्ने योभन्दा बढी लोकतान्त्रिक अभ्यास अरू के हुनसक्छ ?
Post a Comment