-उदितकुमार थापा
नेपालका आदीवासी जनजाती समुदायमध्ये मगर समुदाय प्रमुख तथा सबैभन्दा बढी जनसंख्या भएको समुदाय हो । नेपाल विविधता भएको देश हो । नेपाललाई भुगोलका ज्ञाताहरुले तीन भागमा विभाजन गरेका छन् । ती हुन् कोशी, गण्डकी र कर्णाली प्रदेश । यी तिन प्रदेशलाई किराँत, मगराँत र खशान्त पनि भन्ने गरिन्छ । शुरुमा गण्डकी प्रदेशमा आएका सबै जातिहरु मगर जातिमा परिणत भएको भन्ने पनि गरिन्छ । प्राध्यापक बालकृष्ण पोखरेलका अनुसार किराँत प्रदेश तम्बाकोशीमा बसोबास गर्ने जातिलाई किराँत भनिन्थ्यो भने मगराँत प्रदेशमा बसोबास गर्ने जातिलाई मगर भनिन्थ्यो । नेपालमा मगरहरु पाँच समुहमा गरी प्रवेश गरेका थिए । पहिलो समुहमा पश्चिम भेकबाट आएको मुनङ्वाका सन्तान नै सर्वप्रथम २३०० ई.पू. तिर नेपालमा प्रवेश गरेका थिए । दोस्रो समुह आसामबाट, तेस्रो समुह उत्तरी भेगबाट, चौथो समुह सिक्किमबाट र पाँचौ समुह दक्षिण भेगबाट नेपालमा प्रवेश गरेका हुँन् भन्ने भनाई पनि पाईन्छ (श्रीस मगराँती संस्कृति पृ ८-२८ )। यस तथ्यलाई पुष्टि गर्ने केही तर्क र ऐतिहासिक प्रमाण पनि दिईएको छ
।कला संस्कृति र चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय जनसंख्याको दृष्टिकोणले नेपालको तेस्रो ठुलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति हो । नेपालको प्राय सबै जिल्लाहरुमा बसोबास गर्दै आएका मगरहरुले भव्यताका साथ मनाउने बिभिन्न चाड पर्वहरुमध्ये माघे संक्रान्ति पनि एक प्रमुख चाड हो । मगर र थारु समुदायको परम्परागत चाड भएपनि माघे संक्रान्तिलाई सम्पुर्ण नेपालिहरुले राष्ट्रब्यापीरुपमा धुमधामका साथ मनाउने गर्दछन् । परापुर्वकालदेखी नै मनाउँदै आए तापनि यो चाड सम्पुर्ण मगर समुदायको निम्ती गत ०६५ माघ १ गतेबाट बिशेष हर्षोल्लासका साथ मनाउन शुरु गरिएको छ । सरकारले ०६५ सालबाट यसलाई राष्ट्रिय पर्व तथा मगर समुदायको प्रमुख पर्वको रुपमा मान्यता प्रदान गरेपछि यसलाई बिशेष महत्वका साथ मनाउन शुरु गरिएको हो । सरकारको यस प्रकारको कदमले गर्दा सम्पुर्ण मगर तथा थारु समुदायका दाजु-भाई दिदीबहिनीहरुमा नयाँ रमझमको रक्तसाचार गरेको छ । सरकारले आधिकारीकरुपमा माघे संक्रान्तिलाई मगर, थारु तथा सम्पुर्ण नेपालीको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेपछि विगतदेखी धुमधामका साथ मनाउँदै आएका मगर तथा थारु समुदाय निकै हर्षित भएका छन् ।
माघे संक्रान्तिदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । सुर्य दक्षिरायणबाट उत्तरायण हुने दिन मानिन्छ। यस दिन देखि जाडो हत्दै जाने वा घमाउदै जाने विश्वास गरिन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगासागरलगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।
यसै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गरिन्छ ।
यसैगरी माघे संक्रान्तिका दिन इलामको माइबेनीमा मेला लाग्छ । उक्त मेला वि. सं. १९५० देखि इलामका तत्कालीन बडाहाकिम हर्कजङ्ग थापाको पालादेखि लाग्दै आएको स्थानीय बुढापाका बताउँछन् । शुरूशुरूमा महिनौ दिन लाग्ने उक्त मेला केही वर्षयता खस्कँदै गएको छ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै मित्रराष्ट्र चीन र भारतका व्यापारीसमेत मेलामा आई पसल राख्ने गरेकाले मेलाको व्यापारिक महत्व छ । उक्त मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनीजस्ता परम्परागत नृत्य हेर्न पाइन्छ ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिर त्रीवेणीमा धुमधामको मेला लाग्धछ।
देवघाटमा हरेक वर्ष लाग्ने मकर सक्रान्ति मेला बाँसको लिङ्गो गाडेर शुभारम्भ गरिन्छ ।भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्व बोकेको देवघाटमा माघे सक्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महत्व बोकेको देवघाटमा दुई दिन वा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्य हवन गरिन्छ ।यसैगरी प्रसिद्ध धार्मिक तिर्थस्थल सुनसरीको बराहक्षेत्रमा माघे संक्रान्तिका बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधनासँगै आफ्ना पितृको सम्झनामा सत् वीज छर्ने गर्छन् ।हिन्दू धार्मिक विश्वासका आधारमा उक्त दिन मकर नुहाई सात थरीका अनाज मिश्रण गरी बिहानै शुद्ध जलले शरीर स्वच्छ बनाई शिवालयमा सत् वीज छरी पितृका नाममा अर्पण गर्नाले पितृले मोक्ष पाउने विश्वास गरिन्छ । उता माघे संक्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् ।
स्वदेशमा मात्र नभइ विदेशमा पनि यो माघे संक्रान्ति पर्व खुव उत्साहका साथ मनाउने गरिन्छ।
मगर समुदायमा यो पर्व खासगरी संक्रान्तिको दिन मात्र मानाईए तापनि यसको एक हप्ता अगाडीदेखि नै टाढाका पवित्र स्थलहरुमा गएर मनाउने हो भने त्यसको तयारीमा जुटिरहेका हुन्छन् । माल सामानको किनबेच र व्यवस्थापन गर्दा गर्दै संक्रान्ति आईपुग्छ र यसको दुई तिन दिनसम्म पनि संक्रान्तिमय हुन्छ । त्यसैले तीन चार दिनदेखि एक हप्तासम्म पनि माघे संक्रान्ति मनाउने चलन रहेको पाईन्छ । बिभिन्न समाज समुदाय र स्थान अनुसार यो चाडको मुल्य मान्यता र चाल चलनहरु फरक-फरक हुन सक्छ । यहाँ मगर समुदायमा मनाईने माघे संक्रान्तिको अवसरमा गरिने बिभिन्न चालचलन र कि्रयाकलापहरुको बारेका प्रकाश पार्ने कोशिस गरिएको छ ।
१ खिचडि खाने:
मगर तथा थारु समुदायमा यस दिन मासको दाल, चामल, तरुल तथा घिउ एकै थाउमा मिसाइ पकाएर खाने चलन छ। यसरी खिचडी खाएमा शरीरमा संपूर्ण पोषक तत्व प्राप्त हुने र जाडोबाट बच्न सकिने बिश्वास गरिन्छ। साथै सेल रोटी र अन्य विविध परिकार बनाएर खाने प्रचलन छ।
२ मिश्रा बाँड्ने
माघे संक्रान्ति सम्पुर्ण मगर समुदायको लागि छोरी चेलीवेटीहरुको पर्व हो । त्यसैले यो चाड चेलिवेटिहरुको पुजा गरी मनाउने चलन रहेको छ । चेलीहरुलाई पुज्नको लागि जम्मा गरिएको चामल फलफुल तरुल रोटी आदिलाई नै मिश्रा भनिन्छ । माघे संक्रान्ति वा माघ एक गतेको दिन बिहान सबेरै उठेर स्नान गरि बुवा दाजु या भाईले सबैको चेलिबेटीहरुलाई भेला गराएर मिश्रा चढाइ पुज्ने गर्दछन् । घरमा उपस्थित सम्पुर्ण दिदिबहिनीहरुको पूजा गरिसकेपछि फेरी बिवाहीत चेलीहरुको घर-घरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ । मिश्रा बाँड्ने क्रममा सकेसम्म दाजू भाई वा बुवा आफै चेलीको घरमा पुग्ने चलन रहेको छ । सबै चेलीहरुलाई पुजिनसक्दासम्म केही पनि खानेकुरा खानु हुँदैन । संक्रान्तिको दिन चेलीलाई कुनैपमि काममा लगाउँनुहुँदैन भन्ने मान्यता रहेको छ । त्यस दिन चेलीहरुले घरको कुनैपनि काम गर्दैनन् । उनको घरमा खानेकुराहरु केहीपनि खानु हुँदैन भन्ने मान्यता रहेको पाईन्छ । यदि कुनै चेलिको घर टाढा रहेको छ भने उनको मिश्रा अर्को दिन पुर् याईदिने चलन छ । मिश्रा बाँड्ने काम संक्रान्तिको दिन बिहानभरी चल्ने गर्छ ।
३ मस्यान्द्रा खेल्ने
गाँउघरमा रहेका सम्पुर्ण अविवाहित चेलीहरु बिहान उठेर खोला, नदी, दोभान वा धारामा नुहाएर घर फर्किसकेपछि बुवा आमा र दाईभाईले मिश्रा चढाएर पुज्ने काम हुन्छ । त्यसपछि गाँउटोलका साथिहरुसँग टोली बनाई घर-घरमा पुगेर मस्यान्द्रा माग्ने गर्दछन् । घरबेटीले प्रत्ययेक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल गहुँ र फापरको रोटी सहित पाँच÷दश रुपैयाँ दिने चलन रहेको छ । यसरी मस्यान्द्रा माग्दै घर-घरमा डुल्ने कामलाई नै मस्यान्द्रा खेल्ने भनिन्छ । मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विषेश गरेर चृलीहरुले घरदेखि बाहिर गएर संगीहरुसंग रमाईलो गर्दै खाने गरिन्छ ।
४ झोम्पलेनी लगाउने
डाँठ निस्कनुभन्दा अगाडीको जौ को विरुवा जसमा पात मात्र हुँन्छ । कत्यसलाई नै झोम्पलेनी भनिन्छ । चेलीबेटीहरु खोलाबाट नुहाएर फर्किदा बाटोमा पर्ने बारीबाट जौं को विरुवा जरैदेखि उखेलेर ल्याउछन् र मस्यान्द्रा खेल्ने क्रममा घरबेटीहरुलाई निधारमा अबिर र कानमा जमरा लगाए जसरी झोम्पलेनी लगाईदिएर पैसा माग्ने चलन रहेको छ । यसरी चेलीहरुलो निधारमा अबिर र कानमा झोम्पलेनी लगाईदिएपछि घरबेटीले आफ्नो क्षमता अनुसार दान दक्षिणा दिने गर्नुपर्छ ।
५ श्याम्भो गाउने
संक्रान्तिको दिन साँझपख देखि बुढापाकाहरु जम्मा भई आफ्ना दुःख सुःखका कुराहरु एकप्रकारको लयमा भाकामा मिलाएर गाउने गीतलाई श्याम्भो गीत भनिन्छ । यसरी श्याम्भो गीत गाउने बुढापाकाहरु पनि एक पछि अर्को साथिको घर पुगी खानपिनमा समावेश हुँने र रमाईलो तथा ख्याल ठट्टा गर्ने गर्दछन् । यो संक्रान्ति पछि दुई÷तिन दिनसम्म पनि चल्न सक्छ ।
६ तारो हान्ने
संक्रान्तिको दिनदेखी नै पुरुषहरु खुल्ला चौर वा बारीमा गएर तारो हान्ने चलन छ । जसले निशाना लगाउन सक्छ त्यसलाई फुलपाति लगाएर सम्मान तथा पुरस्कृत गर्ने चलन पनि छ । यसरी बन्दुकले निशाना लगाउने प्रतियोगीतालाई नै तारो हान्ने भनिन्छ । यने कार्य पनि तिन-चार दिनसम्म चल्ने गर्दछ ।
यसका साथ साथै आजकल युवाहरुले गाँउगाँउमा भलिवल, फुटबल, दोहरिगित, लोकगित, खाना महोत्सव जस्त विविध आधुनिक खेल र चलनहरु पनि समावेश गरेर माघे संक्रान्ति मनाउन थालेका छन।
मृत्यु भएका परिवारजनको अस्तु बगाउने जलाउने र दान दक्षिणा गर्ने चलन पनि मगर समुदायमा रहेको छ । मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी नदीमा पुगी बगाईदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन् गरि त्रिवेणी, दोभान वा नदीनालामा लगी जलाईदिने र आफ्नो क्षमताअनुसार चेलीबेटीलाई दान दक्षिणा दिई मृत व्यक्तिको आत्मालाई स्वर्गमा चढाईदिने गरिन्छ । यस्तो गरेमा मृत आत्माले पुण्य प्राप्त गर्दछ भन्ने परम्परागत मान्यता विश्वास रहेको छ । यो काम संक्रान्ति कै दिनमा गरिन्छ ।
यी क्रियाकलापहरु बाहेक मगरहरुले माघे संक्रान्तिमा रैँया फोर्ने, पुल्ली जलाउने, रंग अबिर वा मसी दलेर रमाईलो गर्ने चलन पनि छ । यस्ता कार्य र गतिबिधिहरु प्राय जसो लोप हुँने स्थितमा छन् र बिर्सिने अवस्थामा रहेका छन् । त्यसैले देशभित्र या बाहिर जताततै निकै हर्सोल्लासका साथ मनाईने माघे संक्रान्तिको आफ्नै छुट्टै समाजिक तथा धार्मिक महत्व रहेको हुँदा यसको स्थानिय र राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापनको जरुरी रहेको छ । सामाजिकरुपले लैङ्गीक विभेदलाई निरुत्साहित गरी समानताको प्रतिक र धार्मिक कृष्टिकोणले दान दक्षिणा गरी पुण्य प्राप्ति सेवा र सद्भावको महत्व बोकेको माघे संत्र्रुान्तिलाई आपसमा सहसम्बन्ध र मित्रता कायम राखी कष्टमय जीवनलाई एकदिन भएपनि बिर्सेर मनोरन्जन गर्न पाउने अवसरको रुपमा लिन सके मगर समुदायको सस्कृति रक्षा सँगै यसले आपसमा सद्भावको विकाशमा समेत सहयोग पुर् याउने देखिन्छ । माघे संक्रान्तिले यस पर्वलाई अत्यन्तै महत्वका साथ मनाउने नेपालका मगर, थारु समुदाय तथा सम्पुर्ण नेपालिहरुमा सामाजिक धार्मिक सांस्कृतिक तथा सर्बोपरी हितको विकासमा सहयोग पुग्न सकोस । धन्यावाद
साभार:-
१ देविका घर्ति मगर, http://langghalijamghat.ning.com/profiles/blogs/3903339:BlogPost:15047?xg_source=activity
३ http://ne.wikipedia.org/wiki/माघे-संक्रान्ति
Post a Comment