विद्रोह अर्थात क्रान्ति

विद्रोह अर्थात क्रान्ति
-उदित थापा
 नेपाल वा नेपाली समाज ओरालो लागिरहेको छ। अभाव र गरीबिको कुचक्रमा फसिरकेकोछ। ओरालोबाट उकालोतिर मोडिनु क्रान्ति हो। बिद्रोह हो।कतिपय मानिसहरु विद्रोह अर्थात क्रन्ति भन्ने बित्तिकै अलि अप्ठयारो महशुस गर्दछन। अरु सधारण मानिसहरुको के कुरा गर्नु बर्तमान प्रधान मन्त्री र मन्त्रीको लाईनमा ऊभिएका ब्यक्ति समेत विद्रोहको कुरा सुन्न रुचाउदैनन्।
       यसले गर्दा क्रान्ति वा विद्रोह नराम्रो कुरा रहेच कि भन्ने भान कतिपयलाई परेको छ। के गरीबिको खाडलमा भासिदै गरेका नेपालीहरु अमिरिको उचाईतिर मोडिनु नराम्रो हो? गरीबि, भोक, रोग र अकाल मृत्युबाट मुक्ति खोज्नु विद्रोह हो। क्रान्ति हो।
       विद्रोह अवश्य पनि ग्राहो काम हो। ओरालो हिडिरहेको मानिस उकालोतिर हिड्न ग्राहो नै हुन्छ। कुमार्गबाट सुमार्गमा लाग्नु विद्रोह हो। कुलटबाट सुलटमा लाग्नु क्रान्ति हो। चुरोट रक्सीको लत लागेको मानिसलाई लट छोड्न ग्राहो हुन्छ। स्वस्थ जिबन जिउने हो भने लतबाट बलपुर्वक बिरत हुनु आवश्यक छ

       समयको गतिसंग हिड्नु क्रान्ति हो। समय क्रान्तिकारी छ। हामीलाई थाह छ, हरेक महिनाको अन्त पछि संक्रान्ति आउछ। ३० गते पछि १ गते आउछ। यो नै संक्रान्ति हो। एक वर्षमा १२ पटक क्रान्ति हुन्छ। संक्रान्तिले उत्साह, उमंग र नयापन लिएर आउदछ। यसले मानिसहरुमा जोश, जाँगर र हर्ष उल्लास प्रदान गर्दछ। हामीलाई समयको चाप र रापले विद्रोही बनाएको छ, क्रान्तिकारी बनाएको छ। समयको दबाबले हामी चलेका छौ, हाम्रो दबावले समय चलेको छैन।
       हाम्रो मन प्रतिगामी छ। मन क्रान्ति बिरोधि छ। हाम्रा अगुवाहरुको मन क्रान्ति बिरोधि रहेको छ। समयको गतिलाई रोक्ने प्रयासमा प्रशस्त धन र जनको नोक्सान गरिएको छ। नयालाई निषेध र पुरानोको निरन्तरताको नीति लागू गर्ने प्रयास भईरहेको छ। यसको परिणाम स्वरुप हामी र हाम्रो समाज आज पछि परेको छ।
       नया जन्म क्रान्ति हो।
       कुरा राजनितिक व्यवस्था को हो। हाम्रो नेपालमा ४०० बर्ष अघि जंग बहादुर राणाले स्थापना गरेको सिंहदर्वार र राज्य व्यवस्था निरन्तर चलिरहेको छ। हाम्रो सोचाईको दायरा ४०० वर्ष पुरानो छ जुन धेरै साघुरो छ। बर्तमानको समस्यालाई ४०० बर्ष पुरानो जंगे शैलिले हलगर्ने विधि विधानको निरन्तरता कायम छ।
       बर्तमान समय र स्थितिलाई आधार मानेर सोच्नु बिचार गर्नु र काम गर्नु क्रान्ति हो, विद्रोह हो।
       हामीलाई थाह छ यतिबेला हामी पृथ्वीनारायण शाहले परिकल्पना गरको स्वाधिन नेपालमा होईन, जंग बहादुरले बनाएको पराधिन नेपालमा बाँचिरहेका छौ। पृथ्वीनारायण शाहले स्वाधिन र समृद्ध नेपालको परिकल्पना गरेका थिए तर जंग बहादुरले पराधिन र निर्धन बनाईछाडे।
       स्वाधिनता र समृद्धिको खोजि क्रान्ति हो, विद्रोह हो।
       हामीलाई भारतले अधिनस्त बनाएको छ। हामी अधिनस्त बनेका छौ। स्वाधिनताको मूल्यबोध पनि भरतलाई नै छ किनकी भारत धेरैलामो समय अंग्रेजहरुको अधिनमा बस्नु पर्यो। यतिबेला भारतले आफ्नो जस्तै पिडा नेपालीहरुले भोगिरहेका छन भन्ने बिर्सेको छ। गान्धिले भारतको स्वाधिनताको लागि ५ हात कोरालगाएर आफ्नो सिंगो जिवन खर्च गरेका थिए।आज नेपालीहरुले उनकै मुलुक सामु स्वाधिनताको लागि आर्तनाद गर्न परिरहेको छ। के गान्धिले अन्याय गर्न सक्दछन? हामीलाई त्यस्तो लाग्दैन, तर उनका अनुयायी हरुले गान्धिलाई बिर्सेर नेपालमाथि गिद्धे नजर लगाईरहेका छन।
       गान्धिले जस्तै स्वाभिमान र स्वावलम्वनको आन्दोलन चलाउनु विद्रोह हो। अब हामीले पनि चर्खा आन्दोलन चलाउन जरुरी छ। आफ्ना देशका हातले बुनेका कपडा, आफ्ना उध्योगमा बनेका चिजहरुको प्रयोग गर्न आवश्यक छ।
                मुलुकलाई औधोगिकरण गर्नु विद्रोह हो। पूँजिको विकास गर्नु क्रान्ति वा विद्रोह हो। हाम्रो शासन व्यवस्था गैर पूजिवादि छ। शासन व्यवस्थालाई पुनर्गठन गर्न जरुरी छ। साशन व्यवस्था राणाकालिन सोच र प्रवृत्तिबाट ग्रसित छ। शासन व्यवस्थालाई जन मैत्री बनाउन जरुरी छ। यसको लागि जनताहरुको प्रत्यक्ष सहभागिता र नियन्त्रण आवश्यक छ। निजामति, प्रहरी, जंगि लगायत संपूर्ण अड्डा जननियन्त्रित हुन जरुरी छ, साथै उत्पादन मुलक हुन वा बनाउन जरुरी छ।
       नेपाली शासन व्यवस्थालाई पुनर्गठन गर्नु यति बेलाको प्रमुख कार्य भार हो। नेपाली जनताले नेपालको पुनर्गठन गर्ने आदेश दिएर पठाएका प्रतिनिधिहरुले जनताको आदेशको पालना गर्न सकेनन। अझ, जसलाई नेपाली जनताले चुनेर पठाएका थिएनन उनिहरु नै यतिबेला सरकारमा पुगेर जनताको सार्वभौम अधिकार सम्पन्न विधान सभालाई कुल्चेका छन। जो आफूलाई जनप्रतिनिधि भन्न असमर्थ छन तिनिहरु जनसंविधान बनाउन पनि असमर्थ छन।
यसकारण बर्तमान जनविरोधि सरकारलाई खारेज गरि जनसरकार गठन गर्नु अहिलेको प्रमुख आवश्यकता हो। जनताले आफ्ना जनप्रतिनिधिहरुलाई दिएको म्यान्डेड फिर्ता गरि अब आफैले विधान र व्यवस्था  बनाउन आवश्यक छ।
लोक र लोकमतको कदर गर्न नसक्नेहरु यतिबेला लोकतन्त्रको दुहाई दिइरहेका छन। कालो धन र नेपाली सेना अनि भारतको आडमा नेपाली जनतालाई दमन गर्ने भयानक षडयन्त्र गर्दै छन। नेपाली जनताले विद्रोह गरे सेनालाई परिचालन गरेर सखाप पार्ने शुर कसेका छन। नेपाली सेनाले आफ्नो परिचय कसरी दिनेछन अबको दिनले पुस्टि गर्ने छ। सेना नेपाली जनताका छोरा छोरी हुन र अवस्य पनि जनताको साथ दिनेछन। यो बिगत ईतिहासले पुष्टि गरि सकेको छ।
विद्रोहको घोषणा जनताको सबसे बढि विश्वास जितेको पार्टी एनेकपा (माओवादि)ले गरिसकेको छ। अब अन्य दलहरुके घोषणा गर्न बाकि छ। दलहरुले सिंह दरबारको जागिर खान राजनीति गरेका हुन की साँचिकै नया संमृद्ध नेपाल बनाउन राजनिति गरेका हुन , अब देखाउनु पर्ने बेला भएको छ। ईतिहास साँक्षी छ। सिंहदरबारको जागिरले नेपाल दुबाएको छ। नेपाललाई विदेशीहरुको गुलाम बनाएको छ। नया नेपाल २५ दलका ६०१ जनाले लेखेर बन्दैन । यो त ३ करोड नेपाली जनताको श्रम र पसिनाले बन्ने हो। यसकारण जनआन्दोलन अर्थात जन परिचालन अहिलेको आवश्यकता हो।
यसकारण, साँचो अर्थमा जनताका प्रतिनिधिहरु हौ यदि भने सदनबाट विद्रोह गरेर सडकमा आउ। किनकी नया नेपाल सदनमा बसेर पुगिदैन, सडकमा हिडेर पुगिन्छ। नया सडक जनबलबाट मात्र संभव छ। सडक बनाउदै अघि बढनु पर्दछ।

Share this article :
 

Post a Comment

 
Support : - All Rights Reserved