-उदित थापा
यौटा धर्ति र यौटै मानवता हाम्रो आदर्श हो।यो धर्तिमा खडा गरिएका राजनैतिक पर्खालहरु धालिनु पर्छ यो सिंगो पृथ्विलाई टुक्राउने गरि कोरिएका सबै सिमा रेखाहरु मेटाईनु पर्छ र मानवताको बिचमा सिर्जना गरिएका सामाजिक र सांस्कृतिक विभाजनका रेखाहरु मेटाईनु पर्छ।
राजनैतिक विभाजनका सिमाहरुले मानिसलाई साघुरो घेरा भित्र बन्धक बनाई राखेको छ।सिमारेखाहरुले यौटा सिंगो भूगोललाई मात्र तुक्रयाएको नभई सिंगो मानवतालाई पनि टुक्रयाएको छ।मानवतालाई टुक्रयाउने कारकहरु जात, धर्म र राजनिति हुन।
यो धर्ति र मानवतालाई बचाउनको लागि जात, धर्म र राजनिति भन्दा बाहिर रहनु पर्दछ।
नेपालको सन्दर्भमा हेर्दा अहिले सम्मको व्यवस्था जातिय जहानिया राज्य थियो।राज्य भन्ने शब्दले राजाको निरंकुश शासन भन्ने जनाउदछ।हिन्दु वर्ण व्यवस्था अनुसार कथित उच्च जात मानिने बाहुन र क्षेत्रीहरु राजकीय जाति थिए र छन।नेपालका आदिवासीहरु र हिन्दु वर्ण व्यवस्थामा कथित तल्लो जातिहरुलाई जनजाति बनाईएको छ।
नेपालको जातिय राज्यको ईतिहासमा बाहुन क्षेत्री शोषक जाति हुन भने आदिवासीहरु, वैष्य र शुद्र अनि महिला शोषित जाति हुन।आर्थिक, सामाजिक र सांस्कृतिक रुपले यि शासक जातिहरुले अरुजातिहरुलाई अलग्यउने, शोषण गर्ने, हेप्ने र होच्याउने गरेका छन्।
यतिबेला नेपालमा जहनिया जातिय राज्य अन्त्य भएको र नया ब्यवस्था स्थापना हुने क्रममा रहेको छ।
हजारौ वर्ष देखि शोषित, पिडित, र उपेक्षित जातिहरुलाई राजनैतिक समाजमा समावेस गर्नुपर्ने भएको कारणले संघिताको अवधारणा आएको हो।शासन व्यवस्थामा दलित जनजाति, आदिवासी जनजाति र महिला अनि मोफसललाई स्थापित गर्नु अहिलेको प्रमुख कार्यँभार हो।हजारौ वर्षसम्म राज्यले हेला र अपमान गरको क्षेतिपुर्ति स्वरुप उपेक्षित समुदायलाई विशेष अधिकार सहितको अधिकार दिनु अपरिहार्य छ।
संघिय व्यवस्था हो, राज्य होइन।राज्य() भन्नाले राजा भएको व्यवस्थालाई बुझिन्छ।राजा र राजतन्त्रलाई बदलेर जनता र जनतन्त्रलाई संस्थागत गर्न थलियको कारणले हामीले संघिय व्यवस्था भन्नु पर्छ।
संघियताको आधार राष्ट्रियता हो।राष्ट्रियता भित्र क्षेत्र र क्षेत्र भित्र रहेका सम्पूर्ण जैविक बिविधता, सामाजिक र सांस्कृतिक विविधता पर्दछन्।विविधताको संरक्षण र संवर्धन गर्नु सभ्यता हो।पिछडिएको समुदायलाई केहि समय विशेषाधिकार दिएर सबलिकरण गर्न आवश्यक छ।अहिले पिछडिएको समुदायलाई अग्राधिकारदिने विषयमा बहस चलिरहेको छ।
नेपाल बहुराष्ट्रिय मूलुक हो।नेपाल अधिराज्य हो।समाज बिज्ञान अनुसार जातको बिकसित रुपनै राष्ट् वा राज्य हो।नेपालमा धेरै जातिहरु अन्तर घुलन नभएर रहेका कारण नेपाल बहुराष्ट्रिय मूलुक हो।
जातिय अग्राधिकार सहितको राज्य होईन, व्यवस्था गठन गर्ने हो।हाल राज्य पुनरसंरचना समितिले पेश गरेको १४ प्रदेशको खाका प्रस्ताव गरेको छ।नेपालका केहि अभिजात्य नेता र अभिजात्य संचार कर्मिहरुले यो त जातिय राज्य भयो यसले जातिय युद्ध निम्तयउछ बनेर धुवाधार बिरोध गरिरहेका छन।
जातिय अग्राधिकार सहितको संघिय व्यवस्था हो, राज्य होईन।संघ भित्र सबैजातको समानुपतिक प्रतिनिधित्व हुन्छ।बहुसंख्यक जातको स्वभाविक रुपमा अग्राधिकार हुन्छ।अल्पसंख्यक जातिको पनि अग्राधिकार रहनु पर्छ भन्ने आशय प्रश्तावित गरिएको छ।कथित उच्च जातिकाले हजारौ वर्ष देखि शासक भएर काम गरे।यहाका आदिवासी जनजाति र दलित जनजातिले सहयोग गरेरै बसे। जनजाति र दलित जातिकालाई बढिमा १० बर्ष शासक भएर काम गर्न दिउ भन्दा जातिय यूद्धको धम्कि दिने?कसको मनमा कति सत्भाव रहेछ यहा प्रष्ट हुन्छ।ऊनिहरु अझै पनि दलित जनजातिहरुलाई दास कमरा कमारी बनाउन चाहानछन्।
यहाका दलित जनजातिहरुलाई सत्ताको मात लागेर बाहुन क्षेत्रिहरुलाई अछुत घोषणा गर्ने छैनन्।घरबारदेखि दरबारसम्म प्रवेश निषेध गर्ने छैनन्।दलित जनजतिको मनमा सतभाव छ, बदलाको भाव राख्दैनन्।
अग्राधिकार पनि दलित जनजातिको प्रमुखमाग होईन, समानअधिकार मागेको हो।अभिजात्य समुदायको भईकन पनि दलित जनजातिको पिडा बोधगर्न सक्ने केहि महान मानवहरुको तर्फबाट ऐतिहासिक कम्जोरिको क्षेतिपुर्ति स्वरुप २ कार्यकालको लागि विशेषअधिकार दिने प्रसताव गरेका हुन।उनिहरुको महानतालाई सलाम।उनको सधै जय होस।
जातको आधारमा संघिता बनाउने होईन र संघियताले जातको उपेक्षा गर्नु हुदैन।पहिचान र सामार्थ्यको आधारमा संघियता गठन गर्ने हो।पहिचान सामार्थ्यको आधारमा हो न की जातको आधारमा।मानवतालाई खण्डित गर्ने जातको अन्त्य गर्नु पर्छ।एकले अर्कोलाई सम्मान गर्न जन्ने हो भने जातको अन्त हुन्छ।
अपमान, घृणा र तिरस्कार जस्त भावना मन मस्तिष्कबाट हताउने हो भने जात र धर्मको अन्त हुन्छ।भिसा र पासपोर्टको अन्त भयो भने राज्यको अन्त हुन्छ।
संघहरुबिच बिना रोकतोक आवटजावट गर्न पाउनु पर्छ।संसार भर बिना पासपोर्ट र बिना भिसा आवट जावट गर्न पाउनु पर्छ।संघ खुला राष्ट्र हो, जहा जो पनि ईच्छा अनुसार आउन र जान पाउछ।नागरिकता अन्तराष्ट्रिय हुनु पर्छ;अहिलेको रातो पासपोर्ट जस्तो।रातो पासपोर्तलाई नेपालले मात्र मान्यता दिएको छ।विदेशले मान्यता (भिसा) नदिन पनि सक्दछ।हामी यस्तो दुनियाको संघारमा छौ कि अब सुंक्तराष्ट्रसंघको मुख्यालयमा हरेक व्यक्तिको समेट विवरण हुनेछ।सुंयुक्तराष्ट्रसंघले नागरिकता दिनु पर्दछ।जसले गर्दा व्यक्तिको अन्तराष्ट्रिय मानयता होस।बिना पासपोर्ट र बिना भिसा संसार भर आवट जावट हुन पाउनु पर्छ।
नेपालको संघिय व्यवस्था पनि अन्तराष्ट्रियता को मान्यता बमोजिम गठन हुने हो।यो खुला समाजको रुपमा बिकास हुने हो।मगराँतमा मगरलाईमात्र प्रवेश दिने, तमुवानमा गुरुङलाई मात्र प्रवेश दिने; एक क्षेत्रबाट अर्को क्षेत्रमा आवट जावट गर्दा भिसा पासपोर्टको जरुरि पर्नेछ भनेर कतिपयले संघियताको बिरोध गर्ने गरेका छन्।
आज सम्मको नेपालमा नेपालका दलित जनजाति अन्तराष्ट्रिय नागरिक हुन्।यहाका आदिवासी जनजाति र दलितलाई राज्यले शोषण दमन सिवाय केहि गरेको छैन।मगर, गुरुङ, राई, लिम्बुलगायतका जनजतिलाई बेलायत र भारतले पालेको छ।यसबाहेक साउदि अरब,कतार, मलेशियालगायतका मूलुकले नेपालका दलित जनजातिलाई पालेको छ।बेलायत जसलाई संयुक्तअधिराज्य भनिन्छ, जो प्रजातन्त्रको सर्जकहो।उसले अन्तराष्ट्रिय मानविय कानुनको सम्मान गर्दै नेपालीले उसको लागि योगदान गेरवापत उसको नागरिकता दिन शुरु गरेको छ।अब भारतले पनि नागरिकता दिने छ।
नेपालमात्र यस्तो मुलुक हो; जसले आफ्ना नगरिकलाई हेला,अपमान र पिडा सिवाय केहि दिन सकेको छैन।दलित जनजातिलाई शोषण गरेर केहि लाख बाहुन क्षेत्रीलाई जागिर खुवाएको छ,राज्यले।बाकि बाहुन क्षेत्री पनि दलित जनजातिको सिको गर्दै अन्तराष्ट्रमा बेचिन बिवश छन्।नेपालको राज्य आफ्ना नागरिकलाई बेचिखाने मानव तस्करहरुको राज्य भएको छ।जनजाति दलितहरु आफ्नै मुलुकमा गएगुर्जेको शरणार्थि भएर जिउन विवश छन्।
राज्यले आफ्नो नागरिकलाई पाल्न सक्दैन भने राज्यको औचित्य र आवश्यकता पनि छैन।यसैकारण अन्तराष्ट्रिय नागरिकाताको खाँचो परेको हो।नागरिकलाई जरिवाना तिराएर आवत जावत गराउने प्रथाको अन्त गरिनु पर्छ।
संघियता राज्यको उदयको लागि होईन, बरु राज्यको लोप हो।संघ भनेको समाज हो।संघ अनेकतामा एकता हो।संघ संयुक्तराष्ट्र संघको एकाई हो।संघले समाजलाई, देशलाई र विश्वलाई टुक्रयाउने नभई जोड्ने काम गर्दछ।
संघलाई सुव्यवस्थाको रुपमा बुझने र सोको लागि सबै जाति, बर्ग, क्षेत्र र लिङ्गका समुदायहरुले आफ्ना सर्वोत्तम कार्य कौशलता प्रदर्शन गरि आफ्नो र आफ्नो मुलुकको हितहुने दिशामा लाग्नु पर्दछ।
हाम्रो यात्रा जाति देखि जातिको अन्तसम्म, धर्मदेखि धर्मको अन्त सम्म, राज्य देखि राज्यको अन्तसम्म हुनेछ।हाम्रो गन्तव्य यौटै मानवता र यौटै विश्व हो।
Post a Comment