ग्रामीण क्षेत्रमा WIRELESS INTERNET PROJECT संचालन गरी समाज विकासमा योगदानको कदर गर्दै दक्षिण एशियाको उत्कृष्ट रोमन म्यागासासे पुरस्कार विजेता डा. महाविर पुन मगरको जन्म थलो, जुन ठाँउबाट सयौ विद्यार्थीहरु र अभिभावकहरुले इन्टरनेटको माध्यामबाट विश्वमा छरिएर रहेका आफ्ना नातेदारहरु र साथीहरुसंग समाचार आदान प्रदान गरिरहेका छन्, ईमेल मार्फत। Online chat को माध्यामबाट प्रत्यक्ष देखादेख कुरा साटासाट गररहेका छन् भने युवा पुस्ता Facebook को सन्जालवाट अछुटो रहन सकेका छैनन्।जुन गाँउको नाम हो "नागी"। www.himanchal.org मार्फत स्कूल र गाँउको बारेमा बुझ्ने मौका पाएता पनि प्रन्यक्ष पाइला टेक्ने अवसर जुरेको थिएन। यसपालि उक्त रमणीय वायरलेस ईन्टरनेटको केन्द्र विन्दु र सुन्दर ठाँउमा प्रत्यक्ष सहभागि हुने मौका उपलब्ध गराईदियो Networking Hardware Training ले। उक्त Training, Nepal wireless Project ले सञ्चालन गरेको थियो। तालिमको उद्देश्य थियो, वायरलेस इन्टरनेट सञ्चालित स्कूलहरुका कम्पुटर शिक्षकहरुलाई Radio संबन्धि जानकारी दिएर Connect गर्न सक्षम बनाउने र Computer मा आइपर्ने सामान्य समस्याहरुलाई समाधान गर्न सक्ने बनाउने।
असार २८ गते देउराली होटेलमा प्रदिप पुन (प्रधानाध्यापक, टिकोट मा. वि. हिस्तान) लाई भेटेर नागि जानको लागि लोकेसन माग्यौं। २९ गते बिहान कुल बहादुर सेरपुंजा( सर, बिम)लाई फोन गर्दा स्वीचअफको सूचना प्राप्त भएपछि गन्तब्य तर्फ लाग्यौं। क प्रसाद गर्वुजा (चिमखोला), मन बहादुर पूर्जा (दोबा) र म । कालिगण्डकी नदीलाई पार गरेर पर्वत बेनिबाट उकालो लाग्यौं। माझफाँट गा.वि.स. मा रहेको दिलको चौटरीमा बसेर बिसाई मार्यौं।
कुल सरले फोन गर्नु भयो, "हामीहरु ६ जना आउदैछौं तपाईहरुले खाना बन्दोबस्त गर्नुहोला ।" ल, हुन्छ भन्दै यात्रालाई अगाडि बढायौं। माझफाँट र लेकफाँट गा.वि.स. को नाकले जोटने उकालोलाई पार गर्दै फलामे डाँडामा पुग्यौ.। होटेलको साहुजी याम पुनलाई खानाको अर्डर दिएर त्यहाको रमणीय प्राकृतिक सौन्दर्यला नियाल्यौं। खाना खाएपछि लाग्यौं नागीतिर, मोटर बाटोलाई नछिडिकन।
पर्वतको बोर्डरलाई पार गरेर फरि म्याग्दि जिल्ला नागीमा अवस्थित हिमाञ्चल उच्च मा. वि.को अफिसमा पुगेर प्राचार्य रोमन पुनलाई भेट्यौं र वासको बन्दोबस्त भयो। केहि समय पश्चात तालिमको संयोजक कुमार गर्बजा ( हेड, आदर्श मा.वि. रिमा) र हरि ढकाल(गुल्मी) । औल उप स्वास्थ्य चौकि ईन्चार्जको आगमन भयो। रातको करीब ९ बजेतिर ट्रेनर तक बहादुर पुन ( सर, नारच्याङ) भक्त तिलिजा (स्वात), र हरिमाया सेरपुंजा (किन्दु) पनि आइपुग्नु भयो।
३० गते परिचय कार्यक्रमसंगै प्राचार्य ज्यूले तालिमको बारेमा प्रष्टयाईदिनु भयो, "तालिम भन्ने बित्तिकै भत्ताको प्रसंग आउछ तर भत्तालाई भन्दा कामलाई प्राथमिकतामा राखिदिनुहोला।" सादा खाना बाहेक अरु सुविधा नभएको जानकारी पनि पायौं किन भने यो तालिम सरकारी र गैर सरकारी संस्थाहरुबाट सञ्चालन भएको थिएन।
३१ देखि ३ सम्म रेडियो सम्बन्धि तकु सरले र Computer संबन्धि किसान पुन (सर, हिमाञ्चल उच्च मा. वि. नागी) ले पालै पालो तालिम दिनु भयो। तकु सरले Detail मा Deliberant, Tp-Link,Canopy, Engenius रेडियोहरुको बारेमा, यिनिहरुलाई IP कसरी जडान गर्ने,SSID कसरी मिलाउने,RJ कसरी बनाउने,PoE कसरी जडान गर्ने,Radio लाई AP/Client कसरी बनाउने। Ping कसरी गर्ने, Radio र Computer लाई कसरी Connect गर्ने र Internet कसरी चलाउने, सम्पूर्ण कुराहरु सिकाउनु भयो। किसान सरले Computer parts कुनले के काम गर्छ, बिग्रिएको कसरी थाह पाउने र समस्याहरुको समाधान कसरी गर्ने ईत्यादिका बारेमा सिकाउनुभयो।
भेग अनुसार र समुहमा विभाजन हुदा चिमखोला, रनसिङ गर्बुजा (बिम), गीता शर्मा (तातोपानी), अशोक पुन (शिवाङ)र केशव पौडेल (बाबियाचौर) एक समुह र अर्को समुहमा मिर्मल पाईजा, युवराज पुन (हिस्तान), प्रकाश आचार्य (धाइरिङ),हुकु गर्बुजा (राम्चे) हरीमाया सेरपुंजा र भक्त तिलिजा, हरुले Radio लाई Line गरेर Internet चलाएका थियौं।
डा. पुन सरले ३ गते बेलुकी Korean Volunteer Group लाई लिएर आइपुग्नु भएको थियो। स्कूलमा तत्कालै फर्कनु परेकोले तालिमलाई बिटमार्न नपाउदै म फर्कन बाढ्य भए।
गणेश पुन मगर
चिमखोला, म्याग्दी
Pun_ganesh@yahoo.com
Post a Comment