लोकतन्त्र कि चोरतन्त्र


नेपालमा यतिवेला कस्तो प्रकारको तन्त्र या व्यावस्था छ? पत्र पत्रिकामा लोकतन्त्रको निकै चर्चा परिचर्चा गरेको पाईन्छ। होटेलहरुमा विभिन्न नेताहरु र बुद्धिजिविहरु विदेशी दान पचाउदै लोकतन्त्रको भाषण गरेको समाचार पढ्न पाईन्छ। हिजो सडक, चोक र गल्लिहरुमा लोकतन्त्रको भाषणहरु सुन्न पाईन्थ्यो। आज यतातिर शुन्य छ। लोकतन्त्रको भाषण गर्नेहरु अन्तराष्ट्रिय सम्मेलन केन्द्र तिर लोकतन्त्रको किताब लेख्न गएका छन। आखिर यो लोकतन्त्र केवल सुन्ने र पढने विषय मात्र रहेछ कि ???

      जनतलाई शासन कस्ले गरिरहेको छ ? हिजो निर्दलिय ज्ञानेन्द्र चोरले आज बहुदलिय चोरहरुले। राजनीतिमा चोरको परिभाषा हुन्छ, जनताले अनुमोदन नगरे पनि जनताको शासक बनेर जनताको श्रमको अंश खाने मान्छे।
 नेपालमा यतिबेला एकजना पनि जनताले चुनेका मानिसहरु छैन। गाउँमा शासन गर्ने सचिवहरु जनताले चुनेका मानिसहरु होईनन्। जिल्लामा शासन चलाउने सि. डि.ओ. र एल.डि. ओ. जनताले चुनेका मानिसहरु होईनन्। जनताको सुरक्षाको जिम्मा लिएका डि.एस.पि. र सेनापति जनताले चुनेका व्याक्ति होईनन्।  जनतालाई न्याय दिन बसेका न्याधिसहरु जनताले चुनेका मानिसहरु होईनन् । सर्वदलिय संयन्त्रमा दलको झोलि भिरेर बैठकमा सहभागि हुनेहरु पनि जनताले चुनेका मानिसहरु होईनन्। जनताको छोरा छोरीहरुलाई शिक्षित, ज्ञानी र योग्य मानिस बनाईदिन्छु भनेर स्कुल, कलेज नामको झेलमा राखेर वेरोजगार बनाईदिने गुरुहरु पनि जनताले चुनेका मानिसहरु होईनन्। लोकतान्त्रिक संविधान नामको किताब लेख्न गएका विधायकहरु पनि जनताले अनुमोदन गरेका मानिसहरु होइनन। जनताले चुनेका थिए  तर अहिले म्याद सकिएको छ। यसकारण अहिले को सरकार पनि जनताले चुनेका मानिसहरु होईनन्। यसरी म्याद सकिएको लोकतन्त्र नेपालमा यति बेला हावि छ। म्याद सकिएको लोकतन्त्र नै चोरतन्त्र हो। यसकारण नेपालमा अहिले चोरतन्त्र छ।
नेपाली जनता सर्वथा अभागि रहेछन। जतिसुकै वलिदान र त्याग गरेपनि चोरहरुकै जाँतोमा पिसिनु पर्ने दुर्गति भोग्नु परिरहेको छ। दोष जनताको हो या जगतको भन्न गार्हो परिरहेको छ। कतिपयले भनिरहेका छन यो मुलूक नै ठिक छैन। अर्को मूलुकमा जाउ। हेर्नोस त डि.भि. भर्नेको लाईन। पर्र राष्ट्र मन्त्रालयमा हरौ त कति छ यो मुलुक छाड्नेको लाईन। यो चोर र डाँका सरकार पासपोर्ट पनि समयमा दिन सक्दैन।
इतिहास पल्ताएर हेर्दा आधुनिक कालको शुरुवातकर्ता पृथ्वीनारायण शाहलाई मानिएको छ। उनको पाला नेपाल विश्वको २७औ धनि राष्ट्रको रुपमा गनिन्थ्यो। उनले नै नेपालमा चोरतन्त्रको शुरुवात गरेका थिए। नेपालमा योग्यताको आधारमा राजा चुन्ने परिपाटि बन्द गराए। स्थायि सरकारको चलन चलाए। उनि आउनु अगाडि सवबै जनता राजा हुन सक्दथे र सवै राजा जनता हुन सक्धथे। उनि पछि राजा र प्रजाको रुपमा नेपालि समाज विभाजित भयो। बाहुन क्षेत्रीलाई राजा जातिको रुपमा र अन्य जातिलाई जनजाति वा प्रजा जातिको रुपमा विभाजित गरियो। यसको निरन्तरता राजाको अन्त भईसक्दा पानि जारी छ। राजाको अन्त गरियो तर राजकिय चिन्तनले राज गरिरहेको छ। राजकिय चिन्तन भनेको आफुलाई जनता भन्दा अलग र जनता भन्दा अलग ठान्ने चिन्तन हो। नेताहरु आफुलाई आजिवन नेता ठान्दछन। उनिहरु आफुलाई जनताको रूपमा चिनाउन चाहदैनन्। नेतागिरिलाई आफ्नो पेशा र पेवा ठानिरहेका छन। कर्मचारी सदाको लागि कर्माचारी, न्यायधिश सदाको लागि न्यायधिस र शिक्षक सदाको लागि शिक्षक,हाकिम सदाको लागि हाकिम। यो चिन्तन राजकिय चिन्तन हो। यसले जनता र सरकारको विचमा स्थायी प्रकारको दरार पैदा गरि रहेको छ। समाज दुई समानान्तर रेखा जस्तो बनिरहेको छ।एउटा रेखा शासकहरुको र अर्को रेखा शासितहरुको। सरकार र जनताको बिचमा चक्रिय संबन्ध हुन जरूरी छ। जनता सरकार हुने र सरकार जनता हुने पद्धति हुन जरुरी छ। यसो भयो भने मात्र समाज एक हुन सक्छ। यसले नै समाजमा गति पैदा हुन्छ र समाज विकास हुन्छ।
चोरहरु सजिलै आफ्नो आदत बदल्दैनन्। हामी पनि चोरहरुनै हौं। हामीलाई हाम्रो आदत बदल्न जिवन बदल्न जतिकै गार्हो छ। हामी ठाडो बसेकाहरु निहुरीन जान्दैनौ। जनतालाई कजाएर र भजाएर खान सिकेकाहरु जनता सामु निहुरेर र श्रम गरेर खान जान्दैनौं। हामी जनताको रुपमा रहन राजी छैनौं। हाम्रो जिवन शैलि नबदलिय सम्म लोकतन्त्र पनि आउदैन, यहा जतिसुकै लोकतन्त्रको नारा घन्कियोस, जतिसुकै लोकतन्त्रको गीत गाईयोस र जतिसुकै राम्रो लोकतान्त्रिक संविधानको किताब लेखियोस। लोकतन्त्र गाना बजाना र घोकन्ते विध्या होईन। यो मानिसहरु खास गरि सरकार पक्षका वा सरकार जातिका मानिसहरुको चिन्तन र व्यावहारमा हुने परिवर्तनवाट मात्र संभव छ।
नेताहरु चुनाव देखि डराउछन।  जनतालाई विश्वास गर्दैनन्। चुनावमा धाँदलि गर्छन, बुथक्याप्चर गर्छन। चुनावको परिणामलाई स्वीकार गर्दैनन्। हाकिमहरु लोकपत्रांकित हुन चाहदैनन्, राजपत्रांकित नै भईरहन चाहन्छन। सी.डी.ओ. र एल.डि.ओ. सरकारवाट मनोनित हुन चाहन्छन, जनताबाट चुनिन चाहदैनन्। शिक्षक जनतावाट नियुक्त हुन चाहदैनन्, आयोगबाट नियुक्त हुन चाहान्छन। न्यायधिशहरु लोकसभा भन्दा माथि रहन चाहन्छन। नेता सदाको नेता, हाकिम सदाबहार हाकिम र न्याधिश सदाबहार न्याधिश हुन चाहन्छन। अनि लोकतन्त्र जपेको कुनै अर्थ छ?
चोरको चित्तमा मानिसहरुप्रति दया हुदैन। चोरहरु निजमति हुन। जे मन लाग्यो त्यो गर्छन। नेपालमा निजमति कर्मचारी, निजमति शिक्षक, निजमति प्रहरी, जंगि सेना, निजमति व्यापारि र निजमति नेताहरुले शासन गरिरहेका छन। जनताउपर मनपरि गरिरहेकाछन। जनताहरु यिनको जाल प्रपन्चको शिकार हुन वाध्यछन।
नेपाली जनता सरकारको पुनर्गठन चाहन्छन, लोकतान्त्रिक पुनर्गठन। सरकार जनताले गठन गर्ने हो। जनताले निश्चित अवधिको लागि सरकार बनाउने हो । निश्चित समय पछि सरकार परिवर्तन हुनुपर्छ। यो नै गतिशिलता हो। प्रगति हो। तर विधिको विदम्वना नेपालमा सरकार उहि छ, जुन ५० वर्ष अगाडि थियो। मानिसहरु तिनै छन जस देखि मानिसहरु अघाई सके। परिवर्तन भएको छ त केवल कुरामा, शब्दमा।
नेपालि जनता कर्मचारी तन्त्रको विगठन चाहन्छन्। नेपाल प्रहरीको विगठन चाहन्छन। नेपाली सेनाको विगठन चाहन्छन। बर्तमान शिक्षा पद्धतिको विगठन चाहन्छन, वर्तमान न्याय पद्धतिको विघटन चाहन्छन। ता कि फेरि आफ्नो घर आगनमा नया सरकार गठन गर्न सकियोस। नया कर्मचारी तन्त्र, जन सुरक्षा बल र नया न्यायपालिका तथा नया शिक्षा पद्धति गठन गर्न सकियोस। तर हाम्रा नेताहरु, हाम्रा कर्मचारीहरु, हाम्रा शिक्षकहरु, हाम्रा न्याधिशहरु जनताको अपेक्षालाई शिरोपर गर्न राजीछैनन्। बरू जनताको अभिमतलाई कुल्चेरै अगाडि बढिरहेका छन।
यहा राजा विनाको राजतन्त्रलाई सुगठित गर्ने प्रयास भईरहेको छ।
संघियताको अर्थ पुर्ण लोकतन्त्रको कार्यान्वयन हो। जनताको घरआगनमा फुल्ने र फल्ने लोकतन्त्र हो। हामी कहा अहिले भएको लोकतन्त्र आंशिक लोकतन्त्र हो। यो आलंकारिक (Ceremonial)  लोकतन्त्र हो। हामीले चुनेका मानिसहरु निकै कम छन र उनिहरु ज्यादै कम अधिकार प्रयोग गर्ने पाउछन। लोकका प्रतिनिधिहरु स्थायी सरकार मानिने कर्मचारी तन्त्र र न्याय पालिकाबाट बाँधिएर निकम्मा बन्दछन। जनताले चाहेको अस्थायि तर अधिकार सम्पन्न लोकप्रतिनिधि हो। जनताले चाहेको परिवर्तनशिल र गतिशिल नेतृत्व हो।
संघियताको अर्थ स्वशासन हो सुशासन होईन।
सुशासनले चोरहरुलाई टेवा पुर्याउदछ। चोरहरुलाई नै असलचोर बन, जनतालाई नमस्कार गर, सके सम्म जनताको काम गर भनेर सिकाउने काम सुशासनको हो। असल मानिस छान्ने अधिकार जनतालई दिनु पर्छ भनेर सुशासनले भन्दैन। यसले जनता र शासक विचको खादल कायमै राख्ने नया जुक्ति खोजेको छ। अचेल विभिन्न संचार माध्यामबाट सुशासन र असल शासनको निकै प्रचार गरीदै छ। अनि संघियता भनेको देशतुक्रयाउने, जातिय लडाई गराउने नराम्रो व्यावस्था हो भनेर मानिसहरुलाई भडकाउने दुस्प्रयास भईरहको छ। यो काममा यिनै दलहरु, उच्चपदस्थ कर्मचारीहरु, शिक्षकहरु र अभिजात्य बर्गका गैरसरकारी संस्था तथा संचारकर्मीहरु लागेका छन। सुशासन को नाममा लोकतन्त्र फुल्न फल्न नदिने षडयन्त्र गर्दैछन। सुशासनको नाममा संघियता विकसित हुन नदिने प्रपञ्च गर्दैछन।
जनताले शासन व्यावस्था गठन गर्न र चलाउन पाउने व्यावस्थाको पक्षपाटी दल यहा कमछन् । जनताको पक्षमा बोल्ने संस्थाहरु कमछन जनताको पक्षमा कलम चलाउने संचारकर्मीहरु पनि कम नै छन। जनताहरु गरीबि, आभाव र रोगले टड्पिरहेका छन। यिनको उचित शारीरिक र मानसिक विकास हुन सकेको छैन। यसकारण गणेशमान सिंहले भनेजस्तै जनताहरु भेडा बन्न विवसछन। यसैकारण चोरहरुले सजिलै शिकार गर्छन।
यसहिसाबले नेपालमा तत्काल नै लोकतन्त्र आउने संभावना कम छ।यहा चोरतन्त्र नै हावी हुने देखिन्छ। चोरलाई चैतारो साधुलाई सुलि भन्ने उखान यहा चरितार्थ हुने नै देखिन्छ। लोकतन्त्रको लागि साधना गर्नेहरु, लोक तन्त्रका लागि लड्नेहरु, लोकतन्त्रका लागि मर्नेहरु मरिनै रहेकाछन, उनिहरु अयोग्य ठहरिएका छन्। उनिहरु दयाका पात्र बनेकाछन् । तर चोरहरु रमाईरहेका छन। लोकतन्त्रको नाममा भोजभतेर र मोजमस्ति गरिरहेका छन।
यि अभागी नेपाली जनताहरु जे होस मर्ने बेलामा लोकतन्त्रको नाम सम्म सुन्न सक्ने भएकाछन धन्य नेपाली लोक।
०६८ मंसिर २३
Share this article :
 

Post a Comment

 
Support : - All Rights Reserved