विद्यालयले शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो।


Dr._Dipu_Shakya

विद्यालयले शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो।

किताबी तथा घोकन्ते ज्ञानमा आधारित शिक्षाले आत्मनिर्भर हुन सघाउँदैन। आत्मनिर्भर विद्यार्थी पैदा गर्न शिक्षक पनि आत्मनिर्भर प्रकृतिका हुनुपर्छ। शिक्षकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उनीहरूका संघसंस्थाले बेलाबेलामा विद्यालय नै बन्द हड्ताल गर्ने गरेका छन्। तर शिक्षकको आधारभूत दायित्व अर्थात् राम्रोसित पढाउन सक्षम आत्मनिर्भर शिक्षक तुल्याउनतिर भने खासै ध्यान गएको पाइँदैन।

को हो आत्मनिर्भर शिक्षक? आत्मनिर्भर शिक्षक त्यो हो, जसले हरेक विद्यार्थीका आवश्यकता, चाहना,
क्षमतालाई बुझछ; कक्षाको गुणात्मक विकास गर्छ। विद्यालयको सामूहिक विकासमा योगदान पुर्‍याउँछ; अनि यी कार्यहरू कसरी पूरा गर्ने भनेर आफैँले खोज्छ; खोज्न सक्षम हुन्छ।

राम्रो तालिम नपाएकोले आफ्नो दायित्व वहन गर्न सकिनँ भनेर शिक्षकले भाग्न पाउँदैन। आफ्ना विद्यार्थी/कक्षाको आवश्यकता तथा समस्या बुझन शिक्षक आफैँ सक्षम हुनुपर्छ। कक्षाको लागि आवश्यक तयारी अनुसन्धान शिक्षक आफैँले गर्नुपर्छ। कक्षाका हरेक समस्या सुल्झाउन आफैँ अग्रसर हुने जिम्मेवार शिक्षकबाट मात्रै विद्यार्थी, कक्षा विद्यालयको गुणात्मक विकास सम्भव हुन्छ। तर कसरी गर्ने यस्ता तयारी, अनुसन्धान प्रयासहरू? कसरी बन्ने आत्मनिर्भर शिक्षक?

यस लेखमा शिक्षकलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने स्वायत्त पेशागत विकास (self regulated professional development) का केही तरिकाहरू राख्ने प्रयास गरिएको छ। स्वायत्त पेशागत विकास भन्नाले शिक्षक आफैँले आफ्नो पेशागत विकासका लागि गर्ने ज्ञान आर्जन बुझिन्छ। जसका लागि सरकारको मुख ताक्नुपर्छ, धेरै लगानी नै गर्नुपर्छ। अमेरिकी शिक्षाविद् क्रिस्टोफर क्लार्कको भनाइमा स्वायत्त पेशागत विकास निम्न कारणले महत्त्वपूर्ण छः . नचाहने मान्छेलाई जबर्जस्ती कसैले सिकाउन सक्दैन। . सबै शिक्षकमा आफ्ना विशेषता हुन्छन्, त्यसैले सबैलाई एउटै किसिमको तालिमले काम दिँदैन। . राम्रा शिक्षकहरू आत्मनिर्भर भई स्वायत्त पेशागत विकासमा लाग्छन् भन्ने कुरा धेरै अध्ययनले पुष्टि गरेको छ।

. कसरी बन्ने आत्मनिर्भर?

विद्यार्थी कक्षाको आवश्यकता तथा समस्या बुझने त्यसको गुणात्मक विकास गर्न सक्ने व्यक्ति शिक्षक नै हो। एउटा शिक्षकले सबै कुरा राम्रोसँग पढाउन सक्छ भन्ने हुँदैन। त्यसैले आफ्नो कमीकमजोरी पहिल्याई त्यसको समाधान गर्ने प्रयास शिक्षकले निरन्तर रूपमा गर्नुपर्छ।

शिक्षकले के बुझनुपर्छ भने, क्षमतामा विविधता भए पनि कुनै पनि विद्यार्थीले राम्रोसँग बुझन नसक्नुको मूल कारण चाहिँ शिक्षक नै हो। कुनै पनि सक्षम आत्मनिर्भर शिक्षकले आफूले किन राम्रोसँग पढाउन बुझाउन नसकेको हो, फर्केर हेर्छ। यस्तो गर्ने बेलामा उसले सोच्छः विद्यार्थीले किन कसरीनबुझेको हो, के नबुझेको हो; त्यसलाई कसरी बुझाउँदा बुझला? पाठ मात्र होइन, आत्मनिर्भर शिक्षकले के गर्दा विद्यार्थी जिज्ञासु बन्छ? कसरी विद्यार्थीले ज्ञानको खोजी आफैँ गर्छ? भन्ने कुराहरू पनि नियाल्छ।

स्वायत्त पेशागत विकास गर्नको लागि आफूलाई चाहिएको कुरा के हो, ठम्याउन सकेमा समस्याको समाधान खोज्न सजिलो पर्छ। नयाँ शिक्षकहरूलाई जान्नुपर्ने कुराहरू धेरै हुने भएकोले कहाँबाट शुरु गर्ने भन्ने कठिनाई पनि पर्न सक्छ। तर स–साना कुराबाट शुरु गरी निरन्तरता दिएमा अवश्य पनि आत्मविश्वास बढ्नेछ।

. स्वाध्यायन

स्वायत्त पेशागत विकासको प्रमुख विधि हो, स्वाध्यायन। शिक्षकले सिकाउनको लागि गर्ने कक्षा तयारीको लागि स्वाध्यायन गरिरहेको हुन्छ नै, साथसाथै आफ्नो कार्यविधि उकास्न स्वाध्यायनलाई कसरी प्रयोग गर्ने हो, विचार पुर्‍याउनुपर्छ। शिक्षकको स्वाध्यायनलाई वस्तुनिष्ठ परिणामदायी तुल्याउन तलका केही तरिकाहरू अपनाउन सकिन्छः

.. शब्दकोश शिक्षकको लागि आधारभूत कुरा हो, भाषा। कुनै पनि पाठ/पाठ्यक्रम, भाषामा पोख्त नभई जान्न सिकाउन सकिँदैन। विद्यार्थीले राम्रोसँग बुझन नसक्नुमा शिक्षक तथा पाठ्यपुस्तकले प्रयोग गर्ने भाषाको दोष ठूलो हुन्छ। पाठ/पाठ्यक्रम लेखिएको भाषाको ज्ञान बालबालिका भन्दा बढी शिक्षकलाई हुनु जरुरी हुन्छ। त्यसैले शिक्षकले पाठ पढाउनुअघि, शब्दकोशबाट आफूलाई राम्रोसँग व्याख्या गर्न नआएका शब्दहरूको स्वाध्यायन गर्नुपर्छ।

.. पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका विद्यालय शिक्षामा पाठ्यपुस्तक नभई नहुने वस्तु हो। तर के शिक्षकले पाठ्यपुस्तकलाई राम्रोसित बुझेको ? विद्यार्थीलाई बुझाउन सक्ने गरी पाठ्यपुस्तक पढेको ? शिक्षकले कुनै पनि पाठ पढाउँदा पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका हेरेको हुनुपर्छ। कक्षा सञ्चालनका लागि यो आधारभूत कुरा नै हो। कक्षाको सिकाइलाई राम्रो बनाउन खोज्ने शिक्षकले पाठ्यपुस्तक तथा शिक्षक निर्देशिकामा भएका कमीकमजोरी नियाल्छ, त्यसबाट आफूलाई मुक्त पार्छ।

.. अन्य आधारभूत सामग्री पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका बाहेक, प्रकाशित तथा आफैँ निर्माण गर्न सकिने विभिन्न सामग्रीहरू विषयगत रूपमा आवश्यक हुनसक्छन्। त्यस्ता सामग्रीको स्वाध्यायन अथवा निर्माण आवश्यक हुन सक्छ। उदाहरणको लागि, प्राथमिक तहमा गणित सिकाउँदा अति आवश्यक सामग्री हो, 'बेस टेन ब्लक्स' ब्लक्स भने पनि सिन्का तथा गेडागुडीलाई दश तथा सयको मुठामा राखेर 'बेस टेन ब्लक्स' बनाउन सकिन्छ।  

.. इन्टरनेट नेपालका सबै विद्यालयमा इन्टरनेटको सुविधा उपलब्ध छैन। तर जहाँ , त्यहाँ इन्टरनेटबाट शिक्षणविधिलाई उकास्न सकिने नयाँनयाँ तरिकाहरू हामी विश्वभरि खोज्न सक्छौं। हामीलाई जानकारी चाहिएका कुराहरूको मुख्य शब्द ('किवर्ड') GOOGLE(google.com) तथा BING(bing.com) जस्ता 'सर्च इन्जिन'मा हालेर विभिन्न ज्ञान आर्जन गर्न सक्छौं। नेपालमा शैक्षिक जनशक्ति विकास केन्द्र (nced.gov.np) ले पनि इन्टरनेटबाट विभिन्न सामग्रीहरू शिक्षकलाई प्रदान गर्ने तयारी गरिरहेको छ। साथै, नेपालका विभिन्न शैक्षिक तथा साहित्यिक सामग्रीहरू हेर्न/डाउनलोड गर्न सकिने इन्टरनेट पुस्तकालयले (pustakalaya.org) पनि शिक्षकहरूलाई मद्दत पुर्‍याउँछ।

KHAN ACADEMY(khanacademy.org) जस्ता साइटहरूबाट कक्षाका गुणस्तर उकास्न सकिने भिडियो सामग्रीहरू पनि इन्टरनेटमा हेर्न सकिन्छ। अन्तर्राष्ट्रिय रूपका शैक्षिक तथा साहित्यिक सामग्रीहरू हेर्न/डाउनलोड गर्न (scribd.com) जस्ता साइटहरू पनि प्रभावकारी छन्।

.. पत्रपत्रिका शिक्षकलाई समाजमा भइरहेका गतिविधिहरूको ज्ञान हुनु अति जरुरी हुन्छ। पाठ्यक्रममा पढाइने कुराहरूलाई समसामयिक गतिविधिसँग जोड्न सकिएमा मात्र त्यो व्यावहारिक हुन्छ। यसको लागि पत्रपत्रिकाले मद्दत गर्छन्।

 . समूहगत अध्ययन

ज्ञानको ज्योति बाँड्नाले उज्यालो बढ्छ। समूहगत रूपमा अध्ययन गरेमा शिक्षकको स्वाध्यायनमा प्रतिक्रिया पाइने हुनाले ज्ञान तथा आत्मविश्वास बढ्छ। साथै, आफू एक्लैले समाधान गर्न नसकिने कुरालाई मिलेर समाधान गर्न सकिन्छ। समूहगत अध्ययनलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ।

.. विद्यालयगत शिक्षकका समस्या समाधान गर्न सबभन्दा नजिकको समूह हो, शिक्षकले काम गर्ने विद्यालय। पढाइको गुणस्तर बढाउन हरेक विद्यालयमा शिक्षकहरूबीच शिक्षण विधिबारे छलफल हुनु जरुरी हुन्छ। शिक्षकका समस्यालाई उनीहरू आफैँ मिलेर समाधान गर्ने वातावरण बनाउन सक्छन्। यसको लागि शिक्षकले आफ्नो कक्षा अरू शिक्षकहरूलाई देखाई आफ्ना सिकाउने तरिकासम्बन्धी प्रतिक्रिया लिन सकिन्छ। साथै, विषयगत रूपमा भेला गरी छलफल गर्ने समूह पनि बनाउन सकिन्छ। शिक्षकहरू आफैँले आफ्नो समस्याको समाधान गर्न नसके, शैक्षिक ज्ञानमा पोख्त व्यक्तिलाई निम्त्याउन पनि सकिन्छ।

.. विद्यालय बाहिर एउटै विद्यालयमा काम गर्ने शिक्षकबीच खुला रूपमा आफ्नो शिक्षण विधिबारे छलफल गर्न अप्ठ्यारो हुन सक्छ। साथै, एउटा मात्र विद्यालयमा विषयगत रूपमा छलफल गर्न शिक्षकको सङ्ख्या अपुग हुन सक्छ। यस्तो अवस्थामा नजिकका विद्यालय शिक्षकहरूसँग मिली समूह बनाउन सकिन्छ। विषयगत तथा कक्षागत रूपमा यस्ता समूह बनाई, पाक्षिक अथवा मासिक भेला गरी शिक्षकका समस्याको समाधान आफैँ गर्न सकिन्छ।

. स्वायत्त पेशागत विकासका फाइदा

स्वायत्त पेशागत विकासको सबभन्दा ठूलो फाइदा भनेको शिक्षक आफैँ आफ्नो समस्या समाधान गर्न सक्ने हुनु हो। यसमा शिक्षकले ठूलो लगानी पनि गर्नुपर्दैन। स्वायत्त पेशागत विकासले शिक्षकको जीवनमा महत्त्वपूर्ण भूमिका राख्ने कुरा अनुसन्धानहरूले पनि देखाएका छन्। मुसयिकावा तथा लुब्बेन (२००९) को अध्ययनले स्वायत्त पेशागत विकासले कक्षामा मात्र नभई, शिक्षकको व्यावसायिक पक्षमा पनि फाइदा पुर्‍याएको देखाएको छ।

. नेपालको परिवेशमा स्वायत्त पेशागत विकास

शिक्षक मासिकका विगतका अङ्कहरूमा देखिए जस्तै नेपालमा शिक्षकको स्वाध्यायनको अवस्था कमजोर छ। पाठ्यपुस्तक बाहेकका अरू सामग्रीहरू पढ्ने शिक्षकहरू कम छन्। विद्यालयको शैक्षिक गुणस्तर बढाउने समूहभन्दा राजनीतिमा लागेका शिक्षक समूहहरू बढी छन्। विद्यालय बाहिर पनि विषयगत तथा कक्षागत भेलाभन्दा पार्टीगत/ युनियनगत भेलाहरू बढी हुने गर्छन्।

स्वायत्त पेशागत विकासको अवधारणा एकदमै नौलो पनि होइन। हाल प्रचलित दशमहिने तालिमको पाँच महिना स्वाध्यायनमा आधारित छ। हालसालै शुरु भएको शिक्षकको पेशागत विकास कार्यक्रममा पनि स्वाध्यायन तथा समूहगत अध्ययनका पाटाहरू पाइन्छन्।

सरकारी कार्यक्रम नभए पनि केही जिल्लाका विद्यालय शिक्षकहरूबीच विषयगत/कक्षागत समूह, मोबाइल मिटिङ आदि सञ्चालित हुँदै आएका छन्। उदाहरणका लागि, ललितपुरका चौध विद्यालयका शिक्षकहरू पाक्षिक रूपमा एकअर्काको विद्यालयमा भेला गरिरहेका छन्। हालसालै शुरु भएको यो कार्यक्रमलाई स्थानीय गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ। विषयगत रूपमा भेला हुने यो समूहमा, शिक्षण विधिको आदानप्रदान तथा समस्या समाधानका बारेमा छलफल हुन्छ।

यसरी नेपालमा स्वायत्त पेशागत विकासको अवस्था कमजोर भए पनि यो नौलो कुरा चाहिँ हैन। स्वायत्त पेशागत विकासमा खटिएका आत्मनिर्भर शिक्षक तथा शिक्षक समूहहरू पनि छन्; तर एकदम कम मात्रामा।

अवश्य पनि स्रोत सामग्रीको कमी छ। पाठ्यपुस्तक समेत समयमा नपुग्ने विद्यालयहरू छन्। विद्यार्थीको चाप बढी भएका ठाउँहरू पनि धेरै होलान्। शिक्षकसँग समय पनि नहोला। केही शिक्षकको तलब पनि अति न्यून छ।

तर पनि यस्ता कारणहरूको लाम लगाएर शिक्षक आफ्नो दायित्वबाट पन्छिन सक्दैन। शिक्षक आफ्नो दायित्वबाट पन्छियो भने देश नै धरापमा पर्छ। माथिका कारणहरूलाई आफ्ना समस्याका रूपमा राख्ने शिक्षकले पहिले आफूसँग सोध्नुपर्छ शिक्षकले के गरेको , त्यसको समाधानको लागि? के शिक्षकले जति तलब खान्छ, त्यसअनुसार आफ्नो दायित्व पूरा गरेको ?

शिक्षक आफैँ नै आत्मनिर्भर भई आफ्नो कक्षा तथा विद्यालयको गुणस्तर वृद्धिमा जीउज्यान नलगाएसम्म देशको शैक्षिक विकास असम्भव

(डा. शाक्यले प्राथमिक शिक्षकको स्वायत्त पेशागत विकासको बारेमा शोधकार्य गरी कोबे विश्वविद्यालय, जापानबाट विद्यावारिधि गरेका छन्।)
Share this article :
 

Post a Comment

 
Support : - All Rights Reserved